अर्थतन्त्रमा विस्तारै आशाको किरण दखिन थाल्यो : अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा विस्तारै आशाको किरण दखिन थालेको दाबी गरेका छन् ।

नेपाल घरजग्गा तथा आवास विकास संघको १६ औ साधारण सभामा बौल्दै अध्यक्ष ढकालले पछिल्लो समय अर्थतन्त्रका केही आशाको किरण देखिन थालेको दाबी गरेका छन् ।

उनले रेमिटेन्स बढ्नु, पर्यटकको संख्या बढ्नु, बैंक तथा वित्तिय संस्थामा तरलता सहज हुनु जस्ता कुराले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताए ।

उनले भने,“ अ अफ्ठेरो परिस्थितिमा पनि आशावादी हुने मान्छे, पछिल्लो समय रेमिटेन्स बढेको छ, पर्यटन आवागमन राम्रो छ, बैंक तथा वित्तीय संस्थामा सीडी रेसियोमा सुधार देखिदैछ यस कारणले पनि अर्थतन्त्रमा आशाका किरण देखियो कि जस्तो लाग्छ । ”

अध्यक्ष ढकालले अब अर्थतन्त्रमा यो भन्दा खराब स्थिति नआउने दाबी गर्दै ढकालले अब सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

उनले भने,“अब यो भन्दा नराम्रो अवस्था आउछ भन्ने लाग्दैन । त्यसैले हामीले सकारात्मक सन्देश दिएर जानुपर्छ भन्ने लाग्छ ।” सरकारले श्रीलङ्काको त्रासका कारण आयातमा कडाई गर्दा थप समस्या देखिएको अध्यक्ष ढकालको निष्कर्ष थियो । उनले भने,“ कोभिडपछि हामी सहज अवस्थामा फर्किसकेका थियौँ तर जब श्रीलङ्कमा अब आर्थिक संकट देखियो तब निती निर्माताले बढी नै कडाई गरेर जाँदा यो अवस्था आयो । ”

सरकारले कडाई गरे पनि खासै प्रभावकारी नभएको अध्यक्ष ढकालको निष्कर्ष छ । उनले भने,“ गाडी बाहेक त अरुमा अयाता प्रतिबन्धको असर खासै देखिएन । आयात प्रतिबन्ध भएका बस्तु पनि हामीले बजारमा त प्रयाप्त मात्रामा पाएको देखियो । ”

अध्यक्ष ढकालले सरकारले सहजिकरण गरे विस्तारै अर्थतन्त्र चलायमान बन्दै जाने आशा व्यक्त गरे ।

Skip This