लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा घिमिरे


काठमाडौं । लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको रिक्त प्रमुख कार्यकारी पदमा अन्तन्तराज घिमिरेलाई नियुक्त गरेको छ ।

यस्तै प्रदेश प्रशिक्षण कार्यकारी निर्देशकमा रामु जोशीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

परिषदमा मनोनित विषयगत विज्ञ भुबनेश्वर लामिछाने र मोतिराम प्रसाद शर्मालाई हटाई श्याम कुमार आचार्यको मनोनयन फिर्ता गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकासमन्त्रालयको जिन्सी श्रेष्ठ र सामाग्री शिक्षा विज्ञान र युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए ।