ग्लोबल आईएमआई बैंकले लाभांश घोषणा गर्‍यो बोनस सेयर कति ?


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत वर्षको संचित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई १३.५ प्रतिशत लाभांश वितरण गरेको हो ।

बैंकको आज असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्तर लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।