राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास वैरागीले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं । निवर्तमान मुख्यसचिव शंकरदास वैरागीले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैरागीलाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ अन्य मन्त्रीहरू सहभागी थिए ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिका मुख्य सचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो।
सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।