काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब, प्राधानाध्यापकको भत्ता वृद्धि गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता ढंगोलले महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धिको घोषणा गरेकी हुन् ।
डंगोलले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्ने बताइन् । जसका लागि महानगरले ३० करोड रुपैयाँको सोध भर्ना कोष खडा गरेको छ । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।
त्यस्तै महानगरले ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन समेत गरिने छ ।
समग्रमा महानगरले आगामी आर्थिक वर्षको लागि शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको उपप्रमु्ख डंगोलले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्