राष्ट्र बैंकलाई निजी क्षेत्रको सुझाव, व्यवसायीहरुले विदेशबाट ऋण भित्राउन पाउने व्यवस्था हुनुपर्छ (पुर्ण पाठ)


काठमाडौँ । निजी क्षेत्रका तिन ओटा छाता संगठनले राष्ट्र बैंकलाई मौद्रिक नीति सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले राष्ट्र बैंकलाई आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीतिको लागि संयुक्त सुझाव दिएका हुन् ।

व्यवसायीहरुले विदेशबाट ऋण भित्राउन पाउने व्यवस्था हनुपर्ने सुझाव दिएका छन् । विदेशबाट संस्थागत रुपमा वित्तिय संस्थाहरुले मात्र भित्राउन पाउने व्यवस्था भएकोमा अन्य व्यवसायीहरुले समेत कर्जा लिन पाउने (एक्सटर्नल कर्मशियल बरोविङ) व्यवस्था हुनु पर्ने उल्लेख गरिएको छ ।

बैंक वित्तिय संस्था एवं निजी क्षेत्रले बाहिरको बैंक वित्तिय संस्थाबाट मात्रै लिन पाउने व्यवस्था पुनरावलोकन गरि अन्यवैधानिक स्रोतबाट रकम लिन पाउने व्यवस्था गर्नुपर्ने सुझावमा जनाइएको छ ।

निजी क्षेत्रले चालुपूंजी कर्जा निर्देशिकामा हालको कर्जा सीमा र समय सीमामा सुधार गरी व्यवसायको प्रकृति र नगद चक्र अनुसार लेखा परिक्षकको सिफारिसमा चालु पूंजि कर्जाको सीमा बैंक तथा ग्राहकको सहमतिमा बढाउन सक्ने व्यवस्था हुनुपर्ने उल्लेख गरेको छ ।