बचत फिर्ताकाे माग गर्दै सहकारी पीडितको काठमाडौँमा विरोध प्रदर्शन (फाेटाेफिचर)


काठमाडौँ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै आज (आइतबार) माइतीघरदेखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ ।

आफूहरूले बचत गरेको लाखौँ रुपैयाँ रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितको आरोप छ ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए । बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरू २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका छन् ।