काठमाडौं । नेपाल नेपाल राष्ट्रका गर्भनर महाप्रसाद अधिकारीले सेयरधितो कर्जाको जोखिम भारमा पुनरावलोकन हुने बताएका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरेकाे छ ।
मौद्रिक नीति सार्वजनिक गरेपछि गरेको पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले सबै प्रकारको कर्जाको जोखिम भारमा पुनरावलोकन नहुने बताएका हुन् ।
गर्भनरले भने “५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको हो, त्यसभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार भने १५० प्रतिशत नै यथावत रहेको छ ।”
यसअघि २५ लाखसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्