काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी वापत एक पटकमा २५ सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिने भएको छ । मौद्रिक नीतिको व्यवस्था अनुसार एकीकृत परिपत्र—२०७९ मा संसोधन गर्दै भ्रमणमा जाने नेपालीले पाउने सटही सुविधाबारे प्रष्ट पारेको हो । यस्तो सटही सुविधा एक वर्षमा २ पटकसम्म नबढ्ने गरी मात्र प्रदान गरिने छ ।
एक वर्ष भन्नाले एक आर्थिक वर्षलाई मानिने छ । आजैदेखि यो परिपत्र लागु हुने छ । आज भन्दा पहिले नै यो आर्थिक वर्षमा सटही सुविधा लिइसकेकाले दुई पटक सटही सुविधा प्रदान गर्न बाधा नपर्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ । यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम २ सय अमेरिकी डलर मात्र सटही सुविधा उपलब्ध गराउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्