कृषि, पर्यटन र जलविद्युतमा लगानी प्रोत्साहन गर्न राजदूत नोना डिप्रेजलाई उद्योगमन्त्रीकाे अनुराेध


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग युरोपियन युनियन राजदूत नोना डिप्रेजले बिदाई भेटवार्ता गरेकी छिन् ।

सोमवार मन्त्रालयमा भएको बिदाई भेटवार्तामा राजदूत डिप्रेजको कार्यकालमा भएको नेपाल प्रतिको सहयोगको लागि मन्त्रि रिजालले धन्यवाद व्यक्त गरे । खासगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विभिन्न कार्यक्रममा रहेको संलग्नता र सहयोग प्रति मन्त्रि रिजालले प्रशंसा गरेका थिए ।

लगानी तथा व्यापारको क्षेत्रमा युरोपियन युनियनले नेपाललाई पुर्याएको सहयोग प्रति विशेष धन्यवाद व्यक्त गर्दै मन्त्रि रिजालले नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनका लागि भविष्यमा युरोपियन युनियनवाट अझ सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गरे ।

त्यसैगरी कफी, पस्मिना जस्ता वस्तुको निर्यात प्रवर्धन, व्यापारसंग सम्वन्धित सरकारी तथा नीजिक्षेत्रका प्रतिनिधिहरुको क्षमता विकास कार्यक्रम तथा नेपालमा वैदेशिक लगानीको वातावरण सुधार गर्ने उद्देश्य सहित युरोपियन युनियनको सहयोगमा मन्त्रालयले ट्रेड एण्ड ईनभेस्मेन्ट प्रोग्राम सञ्‍चालन गरिरहेको बताउदै मन्त्रि रिजालले यसका लागि युरोपियन युनियन प्रति आभार प्रकट गरेका थिए ।

युरोपियन युनियनले त्यहाँकाे लगानीकर्तालाई नेपालको पर्यटन, जलविद्युत, कृषि प्रशोधन तथा उत्पादनमूलक उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न समेत मन्त्रि रिजालले अनुरोध गरे ।

Skip This