“रियलमी जिटी नियो २” सार्वजनिक


काठमाडौं । चिनिँया स्मार्ट फोन कम्पनी रियलमीले नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ ।

रियलमी जिटी नियो २ लाई क्वालफम स्नापड्रागन ८७० फाइभ जी को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ एमएम, चौडाइ ७७५.६ एमएम र उचाइ ८६ एमएम रहेको छ ।

थर्मल जेलले यस फोनलाई शितल राख्ने जनाएको छ । यसकारण एप्लिकेसन र गेमहरु छिटो लोड हुन्छ ।

रियलमीे जिटी नियो दुईमा ५००० एमएएच ब्याट्री रहेको छ । यसको ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङ लाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हने कम्पनीले जनाएको छ ।

एक पटकको चार्जमा प्रयोगकर्तााले ३३ घण्टा टकटाइम ८८ घण्टा संगीत, ८ घण्टा गेम २५ घण्टा भिडियोको मज्जा लिन पाउनेछन् ।

रियलमी जिटी नियो २ को मूल्य नेपाली बजारमा रु. ५४,१९९ रहेको छ जसमा ८/१२८ जीबी स्टोरेज रहेको छ । सुरुका ग्राहकहरुले तोकिएको भन्दा रु. ३००० कम मूल्य रु. ५१,१९९ मा यो मोबाइल फोन खरीद गर्न पाउने कम्पनीले जनाएको छ ।

रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध भएको छ । इच्छुक ग्राहकले रु.५१,१९९ को शुरुवाती मूल्यमा अग्रीम बुकिङ्ग गर्न सक्ने छन् ।

यस सुविधा अन्तर्गत कार्तिक २८ देखि भौचर तथा बैंकिङ्ग छुटमा वितरण शुरु हुनेछ तथा अफलाइन ग्राहकले कातिक २७ देखि अग्रीम बुकिङ्ग गर्न सक्ने जनाइएको छ । रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ मा उपलब्ध छ ।