‘स्कुल फर स्किल्स’ले अन्तर्राष्ट्रिय तालिमहरु नेपाल भित्राउने


काठमाडौं । ‘दक्ष नेपाल सक्षम नेपाल’ को नारा सहित स्कुल फर स्किल्सले (आइएसएस) नयाँ कार्यक्रमको उद्घाटन गरेको छ । नेपाली बजारमा कर्पोरेट सहित आम जनमानसलाई हुने गरी विभिन्न अन्तर्राष्ट्रिय तालिमहरु नेपाल भित्राउन लागेको हो।

आइ.एस.एसले नेपालमा लेभल ४ सर्टिफिकेट इन आईटी, लेभल ५ डिप्लोमा इन आईटी, लेभल ६ प्रोफेशनल ग्रयाजुयट डिग्री इन आइटी सहितको ब्रिटिश कम्प्युटर सोसाइटीले प्रधान गर्ने तालिम नेपालमा रहेको सेकेण्डरी लेभल भन्दा माथिका विद्यार्थी सहित, आइटी तथा आइटी बाहेकका अरु कुनै संस्थामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरि ल्याएको यस संस्थाका अध्यक्ष इन्जिनियर पंकज जलनले बताए।

बिद्यार्थीहरुले सफ्टवयर डेभलपमेन्ट, नेट्वोर्किङ तथा इन्फर्मेसन सिस्टमको पढाई लेभल ४ मा गर्न पाउने जनाएको छ।

आइएसएसले नेपालमा इ–जाँच नामक परिक्षा गराउने प्रविधि पनि ल्याएको छ । इ जाँच, एआई प्रविधि प्रयोग सहित विश्व भरी अपनाइदै गरिएको प्रविधिहरु प्रयोग गरी तैयार पारिएको जनाइएको छ।

इ–जाँचको प्रयोग कर्पोरेट सहित विभिन्न शैक्षिक संस्थाहरुले आफ्नो परिक्षा गराउन गर्न सक्ने छन् । नेपालको भूगोल र प्रविधिको आधारमा इजाँचको विकास गरिएको जलनले बताए।

इन्टरनेटको क्षमता कमजोर भएका कारणले गर्दा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै, इ–जाँचको विकास गरिएको जनाइएको छ।

नेपालमा पहिलो पटक आइएसएसले केपिएमजि सँग सम्झौता गरी नेपालमै विश्वस्तरीय तालिमका कार्यक्रमहरु पनि लिएर आउँदै गरेको जानकारी गराएको छ । विश्वको ४ ठूलो तालीम दिने संस्था मध्यमा केपिएमजि पनि पर्दछ।

बिजनेस एक्सिलेन्स ट्रेनिङ प्रोग्राम भनिने केपिएमजिको प्रोग्राम नेपालमा आइएसएसले लिएर आउन लागेको अध्यक्ष जलनले बताए । कर्मचारी, विद्यार्थी तथा इन्टरप्रेन्युरहरुको लागि यो कार्यक्रम नेपाल ल्याइएको उनले बताए।

“यसको सुरुवातसँगै नेपालमा भएका तालिम सेन्टरले नयाँ प्mड्को मार्छ”, उनले भने, “विद्यार्थीको क्षमता जाँचेर त्यसलाई पहिचान गरेर यस कम्पनीले दक्ष बनाउँछ।”

अहिलेको लागि यो तालिम कर्पोरेट क्षेत्रको लागि मात्र भएका कारण निम्न आय भएका व्यक्तिका लागि पछि अर्को कार्यक्रम ल्याउने योजना भइरहेको उनले भने ।