प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै


काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान मानसरोवर जान लागेका हुन ।

उनी आज बिहान गङ्गा विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका अन्य मन्त्री लगायतका सदस्यहरू पनि छन् ।

बुधबार ल्हासामा उनले ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन समेत गरेका थिए । उनले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थियो । उनको स्वागतमा होटल सांग्रिलामा दिवा भोजको आयोजना गरिएको थियो ।

प्रभानमन्त्री दाहाल अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सम्बोधन गरेर शनिवारदेखि चीनको औपचारिक भम्रमा छन् ।