काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डको अनुमतिसँगै बैंकले १० वर्ष समयावधि भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।
बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्