व्यापार घाटा ५८ प्रतिशतले बढ्यो


काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भएर रु ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । निर्यात १०९.५ प्रतिशले वृद्धि भएर रु ६५ अर्ब ५ करोड पुगेको छ भने ६३.७ प्रतिशतले वृद्धि भई रु ४ खर्ब ७८ अर्ब ५२ करोडको आयात भएको छ ।

राष्ट्र बैंकको मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा अवधिमा चालु खाता रु १ खर्ब ५१ करोड र शोधनान्तर रु ७६ अर्ब १४ करोड घाटा रहेको छ ।

आयात बढी भएको र विप्रेषण आप्रवाहमा भएको संकुचनका कारण चालु खाता र शोधनान्तर स्थिति घाटामा रहेको जनाइएको छ ।

राष्ट्र बैंकका अनुसार ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

संघिय सरकारले आर्थिक वर्ष २०७८/७९ को ३ महिनामा रु २ खर्ब ३४ अर्ब ५२ करोड कुल खर्च गरेको छ भने २ खर्ब ५५ अर्ब ४ करोड राजस्व संकलन गरेको छ ।

२०७८ असोजमा मुद्रास्फिति ४.२४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८÷७९ मा वार्षिक औषत उपभोक्ता मुद्रास्फिती ६.५ प्रतिशतको सीमा भित्र राख्ने राष्ट्र बैंकको लक्ष्य रहेको थियो ।

अघिल्लो वर्ष २०७७ असोजमा मुद्रस्फिति ३.७९ प्रतिशत रहेको थियो ।