काठमाडौँ । काठमाडौँमा जारी त्रिदेशीय टी–२० सिरिजमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो । यस शृङ्खलामा नेपाल यो खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो ।
यस जितसँगै नेपालले सतप्रतिशत जितसहित फाइनलसम्मको यात्रा तय गरेको छ । नेपालले शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ ।
आजको खेलमा युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालको जितका लागि ओपनर आशिफ शेखले ६२ रन,दिपेन्द्रसिंह ऐरीले ४०, बनाए । अर्का ओपनर कुशल भुर्तेल एक रन, कुशल मल्ल शून्य र सोमपाल कामी दुई रनमै आउट भएका थिए । कप्तान रोहित पौडेलले ४७ रन बनाएर आउट भए ।
बलिङतर्फ अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट गरे भने त्यसअघि अविनाश बोहराले युएईका बसिल हमिद र भ्रित्य अरविन्दलाई ४५/४५ रनमै आउट गरेर अर्धशतक बनाउनबाट रोके ।
कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफ ९ रन बनाएर आउट भए । गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई १८ रनमा आउट गरे । सोमपाल कामीले पनि दुई विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्