वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन थापा


काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्यापटेन रामेश्वर थापा चयन भएका छन् । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) को २१ औं वार्षिक साधारणसभा मार्फत आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । क्याप्टेन थापा सिम्रिक एयरका कार्यकारी अध्यक्ष हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गौतम बुद्ध अन्तर्राट्रिय विमानस्थल ७ ८ महिनामा सुचारु गर्ने तयारी गरिराखेको बताए । उनले वायु सेवा कम्पनीलाई कोभिडको समयमा परेको पिडामा मलहम लगाउन तयार रहेको बताए । विगतका ऐनमा भएको कमी कमजोरीलाई सच्याउँदै लैजाने मन्त्रस् आलेले भने । उनले वायुसेवा कम्पनीको समस्या सुल्भ्mयाउने बाचा गरे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सुरक्षा र सेवामा ध्यान दिन आग्रह गरे । उनले वायुसेवा क्षेत्र सहकार्यबाट मात्र प्रचार हुने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा कम्पनी एउटै सिक्काको दुई पाटा रहेको बताए । केहि समस्या भए बताउनको लागि उनले आग्रह गरे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले संकटको घडिमा वायुसेवा कम्पनीले धेरै सहयो पुर्याएको बताए । उनले भने वायुसेवा कम्पनीलाई कसरी सुधार गरेर अगाडी बढ्न सकिन्छ भनेर लगिराखेको बताए ।

नवनियुक्त अध्यक्ष क्या. थापाले आफ्नो कार्यकालमा वायुसेवाको सूरक्षास्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई विश्वासिलो बनाउँदै जाने बताए ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसंग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने समेत बताए ।

हवाई संचालन उद्योग कोभिड महामारीको चपेटामा परी उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्ष देखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झन कठिनाई थपिदै गएको क्याप्टेन थापाले भने । ओमिक्रोन भइरसका कारण अभैm अप्ठ्यारो दिन आउन सक्ने उनले बताए ।

उनले भने, “विमानस्थलहरुमा चराचुरुङ्गी एवं जनावरहरुको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको घट्नाहरु समेत वढी रहेको र क्रमशः विमानहरु भूमिस्थ भई रहेका छन् । यसरी विमान भूमिस्थ हुँदा अपरेशन आम्दानी पनि घटी रहेको छ । त्यसकारण हवाई सुरक्षाका यी विषयमा सरकार एवं नेपाल नागरिक उड्डयन प्राधिकरणले समस्या न्यूनिकरण तर्फ ध्यानदिनु पर्छ ।”

संघका महासचिव मनोज कार्कीले कोरोनाको समस्या अहिलेसम्म नसुल्झिएको भएपनि मन्त्रालयसँग छलफल गरेर सुविधा पाएको तर पर्याप्त नभएको बताए । सरकारले केहि सहयोग गर्नेमा आशावादी रहेको उनले भने ।

क्याप्टेन थापा दुई दशकदेखि हेलिकप्टर कम्पनी संचालन गर्दै आएका छन् । उनी यस अघि पनि तीन कार्यकाल संघको अध्यक्ष भइसकेका छन् ।