बोलकबोल माध्यमबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले पुष ११ गते बुधबार बोलकबोलको माध्यमबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने छ ।

राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरलाई प्राथमिकतामा राखेर आव्हान गरेको रकम बाँडफाँड गर्ने छ ।