मौद्रिक नीतिमा गरिएका सुधारले ऋणको ब्याजदर घट्यो: प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारले ऋणको ब्याजदर घटेको बताएका छन् ।

सरकारले एक वर्ष पूरा गरेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारले बैङ्कहरूको आधारदर एकल अङ्कमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताएका हुन् ।

उनले यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित रहेको उल्लेख गरे । यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताए ।

उनले उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।