समायोजन पछि रु.४ हजार भन्दा तल झर्‍यो हिमालयन डिष्टिलरीको सेयर मूल्य


काठमाडौं ।  हिमालयन डिष्टिलरी कम्पनको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ३९२५.७१ रुपैयाँ कायम गरेको छ ।

हिजो पुस १५ गत बिहीबार प्रतिकित्ता ६८७० रुपैयाँमा कारोबार भएर  बजार बन्द भएको थियो । नेप्सेका अनुसार हिजो कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको थियो ।कम्पनीको ५२ करोड ५५ लाख ८० हजार ५ सय ४ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद (करसहित) गरी कुल १०० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त लाभांश यही पुस २८ गते हुने २१ औँ वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनिलाई वितरण गर्नेछ ।