ग्रिन ट्याक्सोनोमीको मस्यौदा सार्वजनिक गर्दै राष्ट्रबैंकले माग्यो सुझाव


काठमाडौं । नेपाल राष्ट्रबैंकले वातावरण मैत्री लगानीका हरित क्षेत्र पहिचान गर्न ग्रिन ट्याक्सोनेमीकाे मस्याैदा सार्वजनिक गरेकाे छ। बिहीबार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ग्रिन ट्याक्सोनेमीको मस्यौदा तयार पारेर सुझावको लागि सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था बमोजिम यो मस्यौदा तयार पारेको हो ।

राष्ट्र बैंकले सो मस्यौदामाथि २ महिना भित्र सुझाव दिन सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ । राष्ट्र बैंकमा उपलब्ध हुने गरी लिखित रुपमा अथवा इमेल ठेगाना मा सुझाव दिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपालले सन् २०२३ सम्म दिगो विकासको लक्ष्य भेट्टाउने योजना बनाएको छ तर यसका लागि चाहिने स्रोत विशाल रहेको समेत केन्द्रीय बैंकको भनाइ छ ।

नेपाललाई जलवायु परिवर्तनका लक्ष्य भेट्टाउन कम्तिमा ७७ अर्ब अमेरिकी डलर चाहिने राष्ट्रबैंकले जारी गरेको ग्रिन ट्याक्सोनोमीको मस्यौदामा उल्लेख छ ।