नेप्से दोहोरो अंकले बढ्यो, लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा


काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.७० ले बढेर ५४६.३३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ ।
आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन १० प्रतिशत एनएमबि डिबेञ्चर २०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त डिबेञ्चरको मूल्य ३.९५ प्रतिशतले घटेको छ ।

कूल २२४ वटा कम्पनीको एक करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।