काठमाडाैँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेताहरु गैरजिम्मेवार रुपले पैसा कमाउन लागेकाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।
शुक्रवार निर्माण व्यवसायी संघ भरतपुर चितवनको ३० औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा बोल्दै अध्यक्ष सिंहले नेताहरूले आफू कमाउने र आफ्ना सन्तान र इष्टमित्रका लागि कमाइदिने उद्देश्य लिएर राजनीति गरिरहेका बताएका छन् ।
उनले नेताहरू चुनावमा भएको खर्च उठाउन र आगामी निर्वाचनका लागि तयारी गर्न गैरजिम्मेवार रूपले कमाउन लागेका कारण अर्थतन्त्रमा समस्या सिर्जना भएको बताए ।
उनले निर्माण व्यवसायीहरु पनि कमाइ नहुने रेटमा काम गरेर गैरजिम्मेवार भएका बताए । उनले निर्माण व्यवसायीहरू आफ्नो क्षमताभन्दा बढी निर्माणको कामहरू जिम्मा लिएर र काम नै गर्न नसक्ने निर्माण कम्पनीहरूलाई ज्वाइनभेन्चर दिएर गैरजिम्मेवार रूपमा प्रस्तुत भएको स्वीकार गरे ।
उनले आगामी दिनमा बिना बजेटको योजनाहरू राख्नु नहुने बताउँदै बिना बजेटको योजना राखेर निर्माण व्यवसायीलाई घरको न घाटको बनाइएको भन्दै बिना बजेटका योजनाहरूलाई खारेज गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्