कांग्रेसको नारावाजीकै बिच नीति तथा कार्यक्रम माथि छलफल जारी


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकैबीच प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। कांग्रेसले भने नारावाजी जारी राखेको छ ।

नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले सदनको कार्यसूची अघि बढाएका हुन्। सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गरेका छन्।

छलफलमा संशोधनकर्ताहरूले आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल गरिरहेका छन् ।