आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलुक क्षेत्रमा प्राथमिकता दिन आवश्यकः अध्यक्ष कुँवर


काठमाडाैँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले आगामी आर्थिक वर्षको बजेट उत्पादन मुलुक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनु पर्ने बताएका छन् ।

अध्यक्ष कुँवरले सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गर्ने बजेट उत्पादन मुलक क्षेत्रमा प्राथमिकता भएर ल्याउनुपर्ने बताएका हुन् । उनले उत्पादन,रोजगारी मुलुक उद्योगमा समेत बजेट केन्द्रित बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

अध्यक्ष कुँवरले संयुक्त ट्रेड युनियनको तर्फबाट भन्दा रोजगारी मुलुक क्षेत्रमा बजेटको प्राथमिकता हुनुपर्ने माग रहेको बताए । उनले मुलुकमा सामाजिक सुरक्षामा दायित्व बढदै गएको भन्दै त्यसले दिगो विकासमा प्रश्नचिन्ह खडा भएको बताए ।

उनले भने, “वृद्धहरूको आयु बढ्दै जाने र सरकारले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गर्दै लैजाँदा सरकारलाई हेरक वर्ष दायित्व बढ्दै गएको छ । सामाजिक सुरक्षामा योगदानमा आधारित सामाजिक सुरक्षालाई विकल्प बनाउने गरी बजेट आउनपर्छ ।”

उनले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रूपमा लागू गरी श्रम बजारलाई द्वन्द्व रहित बनाउने बजेट ल्याउन सुझाव दिए ।