बजेट घोषणाका लागि बोलाइएको सदनको संयुक्त बैठक दुई घण्टा पछि सर्‍यो


काठमाडौँ । संघीय संसदका दुवै सदनको संयुक्त बैठक दुई घण्टाका लागि सारिएको छ ।

दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक सरकारको आग्रहपछि ३ बजे बस्ने गरी सारिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट प्रस्तुत गर्नका लागि आज दिउँसो १ बजे संयुक्त बैठक बोलाइएको थियो । सोही बैठक ३ बजेका लागि सारिएको हो ।