समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा बजेटले पूरा गर्छः विष्णु पौडेल


काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका समस्या समाधान गर्ने र चलायमान बनाउने गरी आएको प्रतिक्रिया दिएका छन् । 

मंगलवार सरकारले संसदमा बजेट प्रस्तुतपछि संसदभवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले मुलुकको विकास र सामाजिक न्यायको निम्ति अगाडि बढ्ने र समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आकाक्षा पूरा गर्ने हिसावले आएको बताए ।

उनले सरकारले ल्याएको बजेट समग्रतामा राम्रो रहेको बताए। उपाध्यक्ष पौडेलले सरकारले बजेटमा उल्लेख गरेको बजेटको स्रोत सुनिश्चिता हुने विश्वास व्यक्त गरे । उनले बजेट उत्पादन,रोजगारी बढाउने,आयात प्रतिस्थापन गर्ने,निर्यात प्रवद्र्धन गर्ने,नागरिकहरुमा आत्मविश्वास बढाउने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको दाबी गरे ।