काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले धेरै छलफल गरेर स्पन्ज आइरनमा कर लगाएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा भएको अन्र्तक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले धेरै छलफल गरेर कर लगाउने निश्कर्षमा पुगेको बताए ।
“हामीले धेरैसँग छलफल गरेर के निश्कर्षमा पुग्यौं भने कच्चा पद्धार्थ ल्याएर नै यहाँ तयाुर गरिने हो । त्यसले गर्दा कच्चा पद्धार्थको श्रेणी बनाएर तिन ओटा स्ल्याब बनाएर जाउँ भनेर निश्कर्षमा पुगेको हौं,” उनले भने ।
उनले कसैको अनुहार, उद्योग हेरेर करको दर हेरफेर नगरेको बताए । विगतमा यसमा विचलन भयो भन्ने आएपछि फेरी विचलन नहोस् भनेर जिम्मेवार निकाय बसेर अर्थमन्त्री, अर्थसचिव र राजस्व सचिव बसेर करको दर हेरफेर गरेको उनको भनाइ छ ।
उनले यो न्यायोचितरुपमा करको दरहेरफेर गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्