काठमाडौँ । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) सम्म लघु निर्जीवन बिमकले १९ करोड ३९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकका अनुसार सबैभन्दा धेरै बिमाशुल्क संकलन गर्नेमा नेपाल माइक्रो ईन्स्योरेन्स छ । नेपाल माइक्रो ईन्स्योरेन्सले ७ करोड ६७ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रो ईन्स्योरेन्सले ६ करोड १४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।
यसैगरी, स्टार माइक्रोले ४ करोड २५ लाख र ट्रष्ट माइक्रोले १ करोड ३० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
![](https://taksarnews.com/wp-content/uploads/2024/05/्र.png)
प्रतिक्रिया दिनुहोस्