यस वर्ष धान दिवसको नाराः ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि ’


काठमाडौँ । सरकारले यसवर्षको धान दिवस तथा रोपाईं महोत्सवको नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ तय गरेको छ ।

जेठ १६ गते कृषि विभागका महानिर्देशक डा .हरि बहादुर केसीको अध्यक्षतामा बसेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मूल आयोजक समितिको बैठकबाट राष्ट्रव्यापी रूपमा २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव २०८१ को नारा तय गरेको हो ।

औसत नेपालीको जीवन पद्दतिसँग जोडिएको धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवर्द्धन गर्ने हेतुले विसं २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने गरिएको छ ।