काठमाडौँ । ‘टी-ट्वान्टी विश्वकप’ क्रिकेटमा नेपालको खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
नेपाली समयअनुसार मंगलबार राती सवा नौ बजेदेखी सुरु हुने खेल ठूला एलईडी स्क्रीनमा प्रत्यक्ष हेर्न पाइने व्यवस्था मिलाउन महानगरले अग्रसरता लिएको हो । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको नगरप्रमुख सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।
यी तीन स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति समेत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्