काठमाडाैँ । आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा योग दिवस मनाइएको छ ।
सो क्रममा विभिन्न योगासनहरु प्रश्तुत गरिएको थियो । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रश्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।
सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मुल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो ।
योगबारे जानकारी दिँदै योग साधक एवं वागमती प्रदेश योग खेलकुदसंघका अध्यक्ष केदारनाथ बस्ताकोटी योग स्वास्थ्यका लागि भएको बताए ।
मानसिक एवं शारीरिक स्वस्थ्यका लागि योग अपरिहार्य भएको उनकाे भनाइ छ । उनले आसन र प्राणयामलाई केन्द्रित गरेर शरीरलाई स्वस्थ बनाउन सकिने बताए ।
युवालाई आसनको माध्यमबाट योग सिकाउनसके युवाहरु योगमा आकर्षित गर्न सकिने उनले उल्लेख गरे । योग सम्पूर्ण खेलमा जोडिनुपर्ने उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्