सिन्धुलीकाे सुनकोशी गाउँपालिकाले ल्यायाे ६४ करोड १५ लाख रुपैयाँको बजेट


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि ६४ करोड १५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

पालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि ६४ करोड १५ लाख २७ हजार ९ सय रुपैयाँ विनियोजन गरेको हो ।

कुल बजेटमध्ये चालूतर्फ ६०.६३ प्रतिशत अर्थात ४५ करोड ३१ लाख १७ हजार ९ सय रुपैयाँ र पुँजीगततर्फ २९.३७ प्रतिशत अर्थात १८ करोड ८४ लाख १० हजार रुपैयाँ विनियोजन गरेको हो ।

पालिकाले संघ र प्रदेशबाट सर्शत अनुदान र विशेष अनुदानलाई चालुतर्फ राखिएकोले चालु खर्चको अंश बढी देखिएको जनाएको छ ।

माछा पोखरी, कवाडी र अखेटोपहार जस्ता निकासी सामानहरु, प्लास्टिकजन्य फोहोर व्यवस्थापन, सुनकोशी नदिका विभिन्न स्थानहरु र वडा नम्बर १ घ्याम्पे खोलाबाट आइइई प्रतिवेदन अनुसार नदिजन्य पदार्थ उत्खनन तथा निकासीका लागि समयमै ठेक्का खोलिने पालिकाको राजपरिचालन नीति रहेको छ ।

पालिकाले घर बहाल कर, ऐलानी जग्गाहरुलाई उपयोग गरोवापतको लिज रकम तथा भाडामा लगाउने र सरकारी सेवा शुल्क तथा दस्तुरहरु संकलन गर्ने कार्यमा नियमितता अपनाइने, भवन संहिताको पालना गराउने तथा घर टहरा तथा संरचनाहरुको अभिलेखिकरण शुल्क, सरसफाइ शुल्क, व्यवसाय दर्ता तथा नविकरण शुल्क र दण्ड जरिवानाहरुको असुली रकमबाट राजस्व अभिवृद्धि गरिने उल्लेख गरेको छ ।