उद्योगमा लगानी बढाउन सिरियाली मन्त्रीको आह्वान


सिरियाली तेल र खनिज स्रोतमन्त्री फिरास हसन कद्दौरले देशको स्रोतहरूको सम्भावना खोजि गर्न लगानी आकर्षित गर्ने महत्वमा जोड दिएका छन् ।

सिरियाको राजधानी दमास्कसमा आयोजित अन्तर्राष्ट्रिय सिरिया तेल, ग्यास र ऊर्जा प्रदर्शनीलाई सम्बोधन गर्दै कद्दौरले प्रदर्शनीले सिरियामा अवसरहरूको बारेमा थप जान्नको लागि मञ्च प्रदान गर्ने बताए ।

उनले तेल, ग्याँस, र खनिज सम्पदाको क्षेत्रलाई संरक्षित गर्दै उद्योगहरुमा थप लगानी बढाउन आग्रह गरे ।  

आईतवार साँझदेखि शुरु भएको प्रदर्शनीमा स्वदेश तथा विदेशका ६० भन्दा बढी तेल उद्योगमा विशेषज्ञ कम्पनीको सहभागिता रहेको छ ।