सरकारको आर्थिक अवस्था कमजोर छ,अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी


काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन्।

मंगलवार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरेका हुन्।

उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाचेको चर्चा गर्दै त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको बताए।

गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको तर्क गरे। उनले राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताए।

घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने बताए।

उनले लोन टु भ्यालु रेसियो,जोखिम भार लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्ने बताउनु भयो । उहाँले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति जनाए।

गभर्नर अधिकारीले भने, “अर्थतन्त्रका केही पक्षहरु सबल छन् । फिजिकल साइट सरकारकै आफ्नै अवस्था कमजोर छ । घरजग्गा कारोबार,साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब छ । निर्माण क्षेत्र कमजोर भएको कारणले निर्माणसँग सम्बन्धित अन्य क्षेत्रहरुमा दबाब छ । राष्ट्र बैंक मौद्रिक नीति मार्फत कुनलाई कस्तो सुविधा दिनसक्ने गरी नीति तर्जुमा गर्छौं ।”

उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको गर्दै उहाँले राष्ट्र बैंकले उद्योग व्यवसायलाई अफ्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताए।

—न्युज एजेन्सी नेपाल