लीलादेवी गड्तौला सरकारको कायममुकायम मुख्यसचिव


काठमाडौँ । सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिलादेवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ ।

सोमवार केपी शर्मा ओली नेतृत्वको सरकारको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको पनि सञ्चारमन्त्री गुरुङले बताए ।

मन्त्री परिषद् बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।