बुधबार ५४ अंकले बढ्यो नेप्से, १२ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार ५४ अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहहरुको सेयर मूल्य बढेको छ ।

बुधबार सिंगटी हाइड्रोपावर इनर्जी लिमिटेडको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६३७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सबैभन्दा बढी सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

कुल ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

दैनिक कारोबार रकम १२ अर्ब ३५ महिनायताकै उच्च हो । यसअघि बजार १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो । सेयरबजारको लागि भाग्यशाली ठानिएका नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बनेपछि लगानीकर्ताको मनोबल उच्च हुँदा सेयरबजारमा उत्साह छाएको छ ।