कस्तो अवस्थामा सरकारले आयात निर्यातमा बन्देज लगाउन सक्छ?, यस्ता छन् १८ कानुनी अधिकार


अनिल सापकाेटा- 

काठमाडौं । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर महंगा स्मार्टफोन, गाडि, कुकुरे, लेज, कुरमुरे लगायतका विभिन्न १० वस्तु आयातमा आगामी असारसम्म प्रतिबन्ध लगाएको छ। 

उद्योग तथा आपूर्ति मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित गरी निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को उपदफा (१) को खण्ड (ञ) को उद्देश्य प्राप्त गर्न विभिन्न वस्तुमा पूर्ण बन्देज लगाएको जनाएको हो । निश्चित समय तोकेर वस्तु आयात निर्यातमा बन्देज वा नियन्त्रण गर्न सक्ने अधिकार ऐनले दिएको छ । 

ऐनको उपदफा (ञ) ले दिएको ‘विदेशी मुद्राको मौज्दातमा हुन सक्ने गम्भीर ह्रासको अवस्थालाई हटाउने वा रोक्ने वा अत्यन्त न्यून अवस्थामा रहेको विदेशी मुद्राको सञ्चितिमा वृद्धि गर्ने गरी मुलुकको बाह्य वित्तीय स्थिति र भुक्तानी सन्तुलनको सुरक्षा गर्न’ अधिकार प्रयोग गरी मन्त्रालयले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै सामाग्रीमा बन्देज लगाएको हो । 

ऐनले १८ वटा उद्देश्य पूर्ति गर्नका लागि सरकारलाई आंशिक वा पूर्ण रुपमा वस्तु आयात वा निर्यात समय तोकेर वा नतोकेर पनि बन्देज लगाउन सक्छ । ऐनको निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को उपदफा (१) को (क) देखि (द) सम्म गरिएको व्यवस्था यस्ता छन्ः