सञ्चालक समितिबाट मौद्रिक नीति पारित,सवा १२ बजे सार्वजनिक हुने


काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले चालु आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीति पारित गरेको छ ।

आज शुक्रवार बिहान बसेको बोर्ड बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेको हो ।

राष्ट्र बैंकका अनुसार आजै सवा १२ बजे मौद्रिक नीति जारी गर्न लागिएको छ । नेपाल राष्ट्र बैंकको अडिटोरियम हल बालुवाटार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा. युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि केही कुरा थप गर्नु पर्ने भन्दै मौद्रिक नीति एक साता पछि सारिएको थियो ।