करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैनः आन्तरिक राजश्व विभाग


काठमाडाैँ । आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरुले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताएका छन् ।

मंगलवार भक्तपुरमा भएको एक कार्यक्रममा तिवारीले कुनैपनि कम्पीहरुले करचुक्ताको प्रमाण आवश्यकताअनुसार लिन सकिने बताए ।

उनले कर चुक्ता अनिवार्य नभएको भन्दै आवश्यकताअनुसार लिन आवश्यक रहेको उल्लेख गरे । उनले ६३ लाख करदाता रहेको भन्दै घरबाट नै आवश्यक भएको खण्डमा करचुक्ताको प्रमाण पत्र प्रिन्ट गर्न सकिने बताए ।

करदाता सबै इमान्दार नभएको भन्दै उनले अहिले एसेसमेण्ट गरेको कर पछि तिर्न पाउनुपर्ने भन्दै करदाताहरु अदालतमा गएको देखिएको उल्लेख गरे । उनले २० वर्षसम्मका पुराना मुद्दा र फाइलहरु जिल्ला,उच्च,पुनारावेदन र सर्वोच्च अदालतमा फछ्र्यौट गर्न बाँकी रहेको बताए । आन्तरिक राजश्व विभागको प्रशासनिक अदालतमा १ हजार ७६३ प्रशासनिक पुनरावेदनमा मुद्दा रहेको जानकारी दिए ।

प्रशासनिक पुनरावेदनमा मुद्दाहरु बढेर गइरहेको भन्दै अब फाइल घटाउने भन्दा पनि मुद्दा घटाएर टुंगो लगाउनुपर्ने उनले उल्लेख गरे ।