सेयरबजारमा निरन्तर पहिरो, ३७ अंकले घट्यो


काठमाडौं । सेयरबजारमा आएको गिरावट आज पनि रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३४ अंकले घटेर ४३२.५५ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।

नेप्सेमा बुधबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ४५ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आजको दिन घलेम्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर सेयरमूल्य ६.८६ प्रतिशतले घटेको छ ।

कूल २३२ वटा कम्पनीको ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४ सय ७३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।