विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्य हटाइए


काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई जना सदस्यलाई हटाएको छ ।

ऊर्जामन्त्री दीपक खड्काले भक्तबहादुर पुन र कपिल आचार्यलाई सदस्यबाट हटाएका हुन् ।आर्चाय र पुनले उद्योगीले बक्यौता महसुल तिनुपर्ने अडान लिएपछि उनीहरूलाई १५ साउनमा लिखित स्पष्टीकरण सोधिएको थियो ।

त्यसपछि दुवै सदस्यले स्पष्टीकरण बुझाएका थिए । तर, मन्त्री खड्काले उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई सदस्यबाट हटाउने निर्णय लिएका हुन् ।