बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले नेप्सेसँग सम्झौता गर्दै


काठमाडौं । आइपीओ निष्काशन गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र रिलायन्स स्पिनिङ मिल्सबीच आज सम्झौता हुने भएको छ।

आइतबार नेप्सेसँग बुक बिल्डिङ प्रणाली मार्फत प्राथमिक सेयर निस्काशन गर्ने सम्बन्धि सम्झौता हुने भएको बिक्री प्रबन्धक ग्लोबल आइएमआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए।

“सर्वोत्तम सिमेन्टले पनि बुक बिल्डिङ प्रणालीमा जान नेप्सेसँग प्रक्रिया अगाढी बढाइसेकेको छ ।” सिईओ ढकालले भने आइपीओ जारी गर्न आज रिलायन्स स्पिनिङ मिल्स र नेप्सेबीच आज सम्झौता हुँदैछ, त्यही प्रक्रियाको लागि हामी आज १ बजे नेप्सेको कार्यालय जाँदैछौं।

बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर मुल्य अझै नतोकिएको अधिकारीले बताए।

मूल्य निर्धारणको लागि अहिले भ्यालूएसन हामीले गर्दै आएका छौ अधिकारीले भने “१ महिना देखि ४५ दिन भित्रमा रोड सो को प्लानिङ गरिरहेका छौ त्यसै बेला नै मूल्य निर्धारण हुनेछ ।”

कम्पनीले बुक बिल्डिङ मार्फत १४ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो जसमध्ये ४० प्रतिशत सेयर योग्यसंस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणका छुट्याएको छ ।