धितोपत्र बोर्डले २ हाइड्रोलाई दियो हकप्रद सेयर निष्काशनको अनुमति


काठमाडौं । विद्युत नियमन आयोगले २ वटा हाइड्रो पावरलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । आयोगले मंगलबार बरुण हाइड्रोपावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १ः१ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।

त्यस्तै ङादी ग्रुप पावर कम्पनी लिमिटेडले चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँ बराबरका १ः२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति मागे पनि बोर्डले १ः१.५ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।