भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरू


काठमाडाैँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरू गरेको छ ।

समितिको आइतबार बसेको बैठकले विधेयकमाथिको दफावार छलफल सुरू गरेको हो । दफावार छलफल सुरू गर्नुअघि विधेयकमा संशोधन गर्ने सांसदहरूले आफ्नो संशोधनको व्यहोरा राखेका थिए ।

सभापति रामहरी खतिवडाले संशोधनकर्ता सांसदहरूले आफ्नो धारणा राखिसकेपछि समिति बैठक दफावार छलफलमा प्रवेश गरेको बताएका थिए । लगत्तै समितिका सचिव सुरजकुमार दुराले विधेयकको प्रस्तावन तथा संक्षिप्त नाम र प्रारम्भ बैठकमा पढेर सुनाएका थिए । सांसदहरूले प्रस्तावन र संक्षिप्त नाममा कुनै संशोधन प्रश्ताव नगरेपछि बैठकले प्रस्तावन र संक्षिप्त नाम पारित भएको घोषणा गरिएको थियो ।

विधेयकको प्रश्तावनामा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ’ भनेर उल्लेख गरिएको छ । संक्षिप्त नाम र प्रारम्भमा “यस ऐनको नाम ‘भ्रष्टाचार निवारण९पहिलो संशोधन० ऐन २०७६’ रहेको छ” भनि उल्लेख छ । त्यसैगरी ‘यो ऐन तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ ।

समितिको आगामी बैठकमा भ्रष्टाचार निवारणको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिलाई दिएको सुझावहरुको सन्दर्भमा आयोगका पदाधिकारीहरुलाई बोलाएर छलफल गरिने समिति सभापति खतिवडाले जानकारी दिए ।