मर्जरको लागि रिडी र रैराङ हाइड्रोपावरलाई आयोगले दियो अनुमति


काठमाडौं । मर्जरको लागि रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई विद्युत नियमन आयोगले दिएका अनुमतिे छ।

यी दुई कम्पनीहरुको वार्षिक साधारण सभाबाट अनुमोदन गरी एक आपसमा गाभिन सहमतिको लागि गत पौष २६ गते आयोग समक्ष निवेदन पेश गरिएको थियो ।

आयोगको गत वैशाख १९ गते बसेको बैठकले यी दुई कम्पनीको मर्जर सम्झौतालाई सहमति प्रदान गर्ने निर्णय गरेको हो ।


मर्जरपछि संयुक्त पुँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ कायम हुने गरी आयोगले सहमति प्रदान गरेको छ ।

आयोगले मर्जर सम्झौतामा सहमति प्रदान गर्नुका साथै ४ बुँदे सर्तहरु पनि अघि सारेको छ ।