काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज (साेमबार) एक वक्तव्य जारी गर्दै प्रदेश सरकारले प्रतिव्यक्ति एक लाखको दरले राहत दिने जनाएका हुन् ।
गए राति बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरूको आज बिहान शव निकालिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी , र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्