चीन र भारतको बढ्दो विकासले पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा प¥योः महासचिव पोखरेल


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन्।

आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श शुरु गर्नुपर्ने बताए । उनले नयाँ विश्व व्यवस्थाका सर्जकका रुपमा चीन र भारत अगाडि आइरहेको उल्लेख गरे । 

उनले अब पश्चिमाको आँखाबाट नभइ एशियाको आँखाबाट नेपालको समृद्धिका सपना देख्नुपर्ने बताए । नेपाललाई एशियाली ज्ञान सिद्धान्तका आधारमा एशियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे ।