अमेरिकी भ्रमणमा नेपालको शिर तल पार्ने काम गर्दिनः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अमेरिका भ्रमणमा देशको प्रभाव, प्रतिष्ठा र हित तल पर्नेगरी कुनैपनि काम नगर्ने बताएका छन् ।

आफ्नो आसन्न संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिने कार्यक्रमबारे सोमवार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सो भ्रमणको क्रममा नेपालको शिर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी नेपालको कुनैपनि हिसावले प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम नगर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफूले देश र जनताको लागि आज भन्दा पनि बढी भोलिका लागि गर्ने नीति लिएको उल्लेख गर्दैै अमेरिकाको आफ्नो भ्रमणमा पनि सोही कुरालाई शिरोधार्य गरेर छलफल गर्ने उल्लेख गरे । उनले आफूले संयुक्त राष्ट्र संघको भमणबाट फर्केपछि पनि संसदलाई सो बारेमा विस्तृतमा जानकारी गराउने बताए । 

प्रधानमन्त्री ओलीले आफूले सो महासभाका लागि बोल्नै कुनैपनि विषय गोप्य नहुने उल्लेख गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीले आफूले अमेरिका भ्रमणको क्रमाम कोलम्बस युनिभर्सिटी र हाडवर्ड युनिभर्सिटीमा पनि सम्बोधन गरेर नेपालको प्राज्ञिक क्षेत्रको दृष्टिकोण राख्ने बताए ।