विश्व खाद्य स्वच्छता दिवस मनाइयाे


काठमाडौं । आज जुन ७ विश्वभर विभिन्न कार्यक्रम गर्दै विश्व खाद्य स्वच्छता दिवस मनाइएकाे छ। नेपालमा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडाैंमा प्रभातफेरी र मुल समाराेह गर्दै काठमाडाैं तथा जिल्ला जिल्लामा विविध कार्यक्रम गर्दै मनाइएकाे छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको विभाग र देशभर रहेका विभागका कार्यालयहरुको नेतृत्व तथा सरोकारवालासँगको सहकार्यमा सप्ताहव्यापी रुपमा दिवस मनाइएको हाे ।

यो वर्षको खाद्य स्वच्छता दिवसको नारा ‘स्वच्छ सन्तुलीत आहार, स्वस्थ जीवनको आधार’ रहेको थियाे।